नियम ५१
सरूवा सम्बन्धी कार्यविधि
: नियम ५० को अधीनमा रही देहायका अवस्थामा देहाय बमोजिम कार्यविधि अवलम्बन गरी सरुवा गरिनेछ ः—
क) कुनै प्रहरी कर्मचारीलाई कुनै कार्यालयमा राखि रहन अनुपयुक्त देखिएमा वा कार्य विशिष्टताका कारण कुनै प्रहरी कर्मचारीको आवश्यकता परेमा सम्बन्धित कार्यालयले सो व्यहोरा खुलाई सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(ख) कुनै प्रहरी कर्मचारीलाई व्यक्तिगत कारणले सरूवा आवश्यकता परेमा मनासिब माफिकको कारण खुलाई अनुसूची—१३ बमोजिमको फाराम भरी सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सो भन्दा माथिल्लो कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(ग) खण्ड (ख) बमोजिमको निवेदन प्राप्त भएको अवस्थामा सम्बन्धित कार्यालयले दर्ता गरी कार्यालय प्रमुखको राय सहित सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ र सो को जानकारी निवेदकलाई दिनु पर्नेछ ।